२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेसको संस्थापन इतर समूहको भेला आज, वडा अधिवेशनमा मनोमानी नगर्न देउवालाई खबरदारी गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला आज हुँदैछ । पार्टीको जारी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाले मनोमानी गर्न थालेकाे भन्दै त्यसबारेमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने उक्त भेलामा देउवा इतरका शिर्ष नेताहरू उपस्थित हुने बताईएको छ ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले विरोध गरेको छ ।

यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले जानकारी दिए ।

प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिल्लामा अझै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन । भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ ।