८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनको प्रतिनिधि छनौटमा विवाद भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनए केन्द्रिय समितिलाई निर्वाचन रोक्न परराष्ट्रले पत्राचार गरेको हो ।

प्रतिनिधी छनौटको विवाद समाधान नभएसम्मका लागि केन्द्रिय निर्वाचन प्रक्रिया अगाडि नबढाउन परराष्ट्रले भनेको छ ।

प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयमा फोन गरी एनआरएनको प्रतिनिधि छनौटमा धाँधली भएको सुनेको भन्दै विवाद समाधान नभएसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न भनेको र सोही अनुसार पत्राचार गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

तर एनआरएनको केन्द्रिय समितिले परराष्ट्रको अनुरोधलाई मान्नै पर्छ भन्ने छैन ।