२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने हुनुभएको छ ।

सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताउनुभएको छ ।

ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने जानकारी दिनुभयो ।

एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता, एमाले मुख्य सचेतक विशाल भट्टराईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउनुभयो ।