६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिएको रिट सर्वोच्चले ‘हेर्न नभ्याइने’ भएको सर्वोच्च प्रशासनले जनाएको छ । ओलीले दायर गरेको मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’ भएको सर्वोच्चले आफ्नो वेबसाइटमा राखेको छ ।

कार्की र खड्काको इजलासमा अहिले तीनवटा मुद्दा सुनुवाइ भइरहेको छ । उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्नु पर्नेछ । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा गर्नुभएको थियो ।

पार्टीले काराबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध ओलीले रिट दिनुभएको थियो ।

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।