
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपालले दोस्रो सिरिजअन्तर्गाको पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ ।
ओमान स्थित अल अमारत क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर बलिङ गर्न लागेको हो । नेपालले पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा भएको टीमलाई यथावत राखेर अमेरिकासँग खेल्ने भएको छ ।
नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भएका छन् । नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।
नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।
प्रतिक्रिया दिनुहोस्