२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपालद्धारा अमेरिका ५ विकेटले पराजित, आज ओमानसँग भिड्ने


0
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले हराएको छ । ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाललाई विजयी गराउन ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रन तथा रोहित पौडेलले ६२ रन बनाए ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि अर्का ओपनर आसिफ शेखले २३ रन जोड्दा विनोद भण्डारी ३७ रनमा आउट भए ।

अमेरिकाका निसर्ग पटेल र नोसठुग केनजिगेले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

उसका लागि मोनांक पटेलले शतक बनाएका थिए । बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालले लगातार तेस्रो पटक जित हात पारेको हो । विश्वकप लिग २ क्रिकेटमा सहभागी सात टोलीमा छैटौं स्थानमा रहेको नेपालले आज आयोजक ओमानसँग खेल्दैछ ।

लिग २ क्रिकेट विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

गएरातिको जितका बाबजुद नेपाल ५ खेलबाट ६ अंकसहित तालिकाको छैटौं स्थानमा यथावत छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ भने १६ अंक जोडेको ओमान शिर्ष स्थानमा रहेको छ ।