
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै हुनुहुन्छ । रुपन्देहीको एमाले अगुवा कार्यकर्ता भेलालाई उहाँले सम्बोधन गर्नुहुनेछ ।
केही दिनयता देशदौडाहमा निस्कनुभएका ओलीले हिजो आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो । बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्