
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेबि गुरुङ बिडब्लुआई नेपाल आबद्ध समितिको संयोजक बन्नु भएको छ । गुरुङ सन् २०२२ सम्मकालागी संयोजक बन्नु भएको हो ।
बिडब्लुआईमा नेपालका ठुला तीन ट्रेड युनियन आबद्ध तीन निर्माण श्रमिक युनियनहरु आबद्ध छन् । प्रत्येक वर्षमा आलोपालो प्रणालीमार्फत तीन युनियनका अध्यक्षहरु एक वर्षकालागी संयोजक बन्ने गर्दछ । गत सोमबार जिफण्ट आबद्ध युनियनले ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेबि गुरुङलाई पदभार हस्तान्तरण गरे ।
सो अवसरमा संयोजक गुरुङले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागू गर्न, प्रवासी श्रमिकको सुरक्षा , कोभिड प्रभावित श्रमिकलाई राहत तथा उचित कार्यक्रम ल्याउन राज्यलाई लबिङ र दबाब दिने, महिला र युवा सशक्तीकरण गर्दै ट्रेड युनियनको मुलधारमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्