१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरा लगायत सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै


0
Shares

डडेल्धुरा । हरेक वर्ष असोज संक्रान्तिमा मनाइने ‘बुढी पोल्ने’ पर्व डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा मनाइँदै छ ।

असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा भाद्र संक्रान्तिको दिनमा ठड्याइएको लिंगो बुढीलाई आज पोलेर बन्ढुनी पर्व मनाइने गरिन्छ ।

यस पर्वमा गाई वस्तुको हेरचाह गर्ने गोठला र स्थानीयहरूले भाद्र संक्रान्ति ओल्के पर्वको दिन थुपारेको सल्ला, बाँस,रुख र हाँगाहरु ‘बुढी’लाई जलाउने चलन छ ।

आज गाई वस्तुहरूको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन् । बेलुकी ‘गाई बाच्छी पाल बुढी निकाल, थुई बुढी थुई’ भन्दै काँक्रो मुखमा हालि फालेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

हरेक वर्ष भदौ १ गतेदेखि प्रत्येकले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको ‘बन्ढुनी’लाई हरेक आजकै रात जलाउने परम्परा छ । बन्ढुनी वा बुढी जलाँउदा सल्लाको झरोका राँको बनाइन्छ ।