
एजेन्सी । ब्राजिलियन फुटबल लेजेण्ड पेलेको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार भइरहेको उनकी छोरीले बताएकी छन् ।
हालै उनको आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि शल्यक्रिया भएको थियो । त्यसपछि उनलाई केही समय आइसियूमा राख्नु परेको थियो ।
तर स्वास्थ्यमा राम्रो सुधार भइरहेको छोरी केली नास्कीमेन्तोले बताएकी हुन् । ८० वर्षका पेलेलाई बुधबार आइसियूबाट निकालिएको थियो ।
साउ पाउलोमा रहेको अल्बर्ट आइन्स्टाइन हस्पिटलले पेलेलाई पुनः भर्ना गरिएको जानकारी दिएको छ । सावधानी स्वरुप उनलाई पुनः आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
पेले गएको अगस्ट ३१ देखि अस्पतालमा छन् ।
प्रतिक्रिया दिनुहोस्