१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभापतिको उम्मेदवारबाट पछि हट्दिन : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनु भएको छ ।

आज गणेशमान सिहंको २५ ओै स्मृतिम दिवसको अवसरमा आयाेजना गरिएकाे कार्यक्रममा बोल्दै नेता सिहले साे कुरा बताउनु भएको हो । कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताउनु भएको छ ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको आराेप समेत उहाँले लगाउनुभयाे । कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उहाँकाे भनाइ थियाे । साथै उहााले कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनुभयो । उहाँले
पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताउनु भयो ।

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेद्वार छान्ने विषयमा छलफल भइरहेकाे बताउदै आफु सभापतिको उम्मद्वारबाट पछि नहट्ने बताउनुभयाे ।

कार्यक्रममा उहाँले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुढयाएको योगदानको स्मरण गर्नु भएको थियो । साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिह फाउन्डेसनले कार्यक्रमकाे आयोजना गरेको थियाे ।