१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ ।