१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नमस्ते आई सेन्टरको नवौं वार्षिकोत्सव


0
Shares

काठमाडौं । आँखाको उपचार क्षेत्रमा योगदान दिँदै आएको नमस्ते आई सेन्टर प्रा.लि. नवौं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । विभिन्न सम्मानहरु प्रदान गर्दै शनिबार सेन्टरको वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा आँखाको उपचारमा योगदान पु¥याउँदै आएका चिकित्सक साथै सेन्टरलाई विभिन्न प्रकारले सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियो नेपाल समाचार महाशाखाका प्रमुख डा. नवराज लम्साल, पुर्व जिल्ला जनस्वास्थ महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ लगायतले स्वास्थ्य क्षेत्र नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिए ।

सेन्टरका प्रवन्ध निर्देशक सिद्धार्थ रञ्जितले विभिन्न स्थानमा निःशुक्ल आँखा शिविर संचालन गरी २ सय बढीको निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरिएको जानकारी दिनुभयो ।