२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू विभुषित हुनु गम्भीर आशंकाः सुवास नेम्वाङ


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनुले गम्भीर आशंका पैदा गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताउनुभयो ।

उहाँले न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न समेत सुझाव दिनुभयो । नेम्वाङले एमाले फुटाउन दिल्लीबाट भूमिका खेल्ने झलनाथ खनाल, प्रचण्डपत्नी सीता दाहाल र माधव नेपालका पिता स्वर्गीय मंगल उपाध्यायले पदक पाउँदा आफू खुसी भएको बताउनुभयो ।