
काठमाडौं । सिन्धु कांग्रेसको वडा अधिवेशन भोलि हुने भएको छ । आइतबार जिललामा बसेको जिल कार्यसमितिको बैठकले भोलि (असोज ५) गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
जिल्लाका १०३ वटै वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो।
सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ। गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो।
कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन भने अझै अनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्