
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।
बुटवल–३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदीमाथि स्थानीय युवाले मुक्का प्रहार गरेका हुन् ।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका हुन् ।
गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेपछि मेयर सुवेदी फर्कनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्