
सिन्धुली । विश्वमै दुर्लभ मानिएको सालकको खपेटासहित सिन्धुलीमा एक जना पक्राउ परेका छन् ।
कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका ३० वर्षीय मदनसिं बम्जनलाई सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।
बाटोमा हिडिँरहेका उनलाई आशंका लागेर जाँच गर्दा उनको साथमा सालकको खपटा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।
बम्जनको साथबाट २ फिट ५ इन्चको खैरो १ फिट ९ इन्चको कालो खपेटा बरामद गरिएको छ । आवश्यक कारबाहीका लागि उनलाई जिल्ला वन कार्यालयमा पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्