
स्याङ्जा । जिल्लाको पुतलीबजारबाट सात जुवाडे पक्राउ परेका छन् ।
पुतलीबजार नगरपालिका–१३ भालुकुनास्थित तुलबहादुर थापाको घरबाट आइतबार साँझ ५ बजे सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकरी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूबाट ६६ हजार ५ सय ६५ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा थापाको घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्