१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंगलोरविरुद्ध कोलकत्ताको सानदार जित


0
Shares

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । कोलकाताको जितमा सुबमन गिलको ४८ रन तथा भेन्कटेस आयरको अविजित ४१ रन महत्वपूर्ण रह्यो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटिएको थियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । बैंग्लोरलाई सस्तैमा कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । जितसँगै कोलकाताले ८ खेलबाट ६ अंक जोडेको छ । कोलकाता आईपिएल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा रहेको छ ।