
काठमाडौं । प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे हुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो । सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति जुटाएर खड्कालाई मन्त्री बनाउन लागिएको हो ।
डा. खड्कालाई आज परराष्ट्रमन्त्री नियुक्त गरेर आजै सपथ गराउने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले यस विषयमा कांग्रेस पार्टीमा भने छलफल गर्नुभएको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति विना मन्त्री नियुक्त गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको छ । पौडेलले यसै विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक पनि डाक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्