१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा.नारायण खड्काले परराष्ट्रमन्त्री पदकाे शपथ लिँदै, आजै अमेरिका जाने


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको हो । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको आजै शपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उहाँ अमेरिकाकाे न्यूयाेर्क जानुहुनेछ ।