१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण, आजै राति अमेरिका उड्दै


0
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी मन्त्री खड्कालाई शपथ दिलाउनु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । सोहीबमोजिम बुधबार दिउँसो उहाँलाई नियुक्त गरी शपथ दिलाइएकाे हो ।

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।