१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाजुराको लघु जलविद्युत् आयाेजनामा क्षति, गाउँ नै अन्धकार


0
Shares

बाजुरा । बाजुरामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण चाम्डेबगर लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

मुसलधारे वर्षाका कारण बुढीनन्दा र बुढीगङ्गा नगरपालिका, जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ । छेडेदह गाउँपालिका– ६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयबासीका खेतबारी र अन्नबाली सबै बगाएको छ ।

वर्षाका कारण केही घरमा समेत क्षति पुगेको छ । वर्षाकै कारण क्षति पुगेको साँफे –मार्तडी सडक चार महिनादेखि सञ्चालनमा आउन सकेको छैन ।