
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार दिउँसो राष्ट्रपति भवन शितलनिवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खड्काले पदभार ग्रहण गर्नुभएको हो ।
मन्त्री खड्कालाई मन्त्रालयका सचिव भरत पौडेल लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । सोहीबमोजिम बुधबार दिउँसो उहाँलाई नियुक्त गरी शपथ गराउनुभएको थियो ।
परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्