२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेहाेरो अंकले बढ्यो नेप्से, १ सय ४ अंकको सुधार

६ अर्बको कारोबार

0
Shares

काठमाडौं । केही सातादेखि लगातार घटेको सेयर बजार परिसूचक ‘नेप्से’ बुधबार तेहरो अंकले बढेको छ । बुधबार नेप्से १ सय ४ अंकले बढेर २ हजार ८ सय १८ अंकमा पुगेको छ ।

यस दिन कारोबार भएका सबै समूहहरू बढेका छन् । सबैभन्दा धेरै जीवन बीामा ५ सय ५१ अंकले बढ्दा, निर्जीवन बीमा ४ सय ४१, विकास बैंक ३ सय ८१, फाइनान्स २ सय ७, उत्पादन १ सय ८२ र जलविद्युत् १ सय ६९ अंकले बढेको छ ।

बुधबार कारोबार भएका १ सय ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा चारवटा कम्पनीको सेयर मूल्य घटेको छ । २५ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाखको कारोबार भएको छ ।