
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म १ करोड ७५ लाख नेपालीलाई कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो डोज खोप लगाइसक्ने बताउनुभएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज राज्यमन्त्री श्रेष्ठले दशैंसम्म १ करोड व्यक्तिलाई पहिलो डोज खोप दिने र ७५ लाखलाई दुवै मात्रा खोप लगाउने दाबी गर्नुभयो । हाल सम्म १ करोड ७७ लाख डोज खोप प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो । उक्त खोपका लागि १ हप्ता भित्र रकम भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो ।
देशभर हालसम्म ६२ लाख व्यक्तिले पहिलो डोज खोप लगाउँदा ५६ लाखले पूर्ण अर्थात दोस्रो मात्रा खोप लगाएका छन् । मन्त्रालयको योजनाअनुसार अबको एक महिनाभित्र ५७ लाख व्यक्तिलाई खोप लगाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्