
प्रदीप पौडेल
पोखरा । नेपाल कम्युष्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासन प्रणाली असफल भएको बताउनुभएको छ ।
बुधबार पोखरामा भएको पार्टीनिकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेल उद्घाटन गर्दै महासचिव विप्लवले अहिलेको शासन प्रणाली असफल भएको भन्दै जनमत संग्रहमा जानुको विकल्प नभएको बताउनुभयो ।
महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) सरकार र नेपाली जनताको हित विपरीत भएको उल्लेख गर्दै कुनै पनि हालतमा स्वीकार गर्न नहुने बताउनुभयो ।
राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्न महासचिव विप्लवले विद्यार्थीलाई निर्देशन दिनुभयो ।
देशभरबा पाँच सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलन असोज ९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्