१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कात्तिक मसान्तबाट चिप र एन्टेना जडान गरिएको पासपोर्ट जारी हुँदै

औंठा छाप, तस्वीरलगायतका व्यक्तिगत विवरणहरू समावेश हुने

0
Shares

काठमाडौं । राहदानी विभागले आगामी कात्तिक मसान्तबाट विद्युतीय पासपोर्ट जारी गर्ने तयारी गरेको छ ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर परीक्षणका रूपमा आगामी कात्तिक मसान्तबाट पासपोर्ट जारी गर्ने तयारी गरिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।

हाल भएको पासपोर्टमा मेसिन रिडेबल राहदानीको तस्वीर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फम्र्याटमा मेसिन रिडेबल जोन हुन्छ । यसमा राहदानी मेसिनले रिड गर्दा मात्रै राहदानी सम्बन्धी महत्वपूर्ण विवरण देखिन्छन् ।

तर, इ–पासपोर्ट अर्थात विद्युतीय राहदानीमा यसका अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ भने चिपमा औंठा छाप, तस्वीरलगायतका व्यक्तिगत विवरणहरू समावेश गरिएको हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने भएकाले यो सुरक्षित र भरपर्दो राहदानी भएको महानिर्देशक अर्यालले बताउनुभयो ।

नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डाटा पेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ, जुन आँखाले सहजै देख्न सकिँदैन । यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी भएको विभागको दाबी छ ।