१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एभरेष्ट बैंकका सीईओमा सुदेश खालिङ नियुक्त, सम्हाले कार्यभार


0
Shares

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिको बैठकले खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव रहेका खालिङले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ ।

भारतको पञ्जाब नेशनल बैंकसँगको ज्वाइन्ट भेन्चरमा सञ्चालित बैंककाे नेपालमा लाखौं ग्राहक छन् । हाल बैंकले १ सय ५ वटा शाखा, ३१ राजश्व संकलन काउन्टर, १ सय ३७ एटीएम र फराकिलो ग्लोब नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सेवा प्रदान गर्दै आएको छ ।