१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यक्तिगत टसलले हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा कांग्रेस अधिवेशन विवाद उत्कर्षमा, अपहरण गरिएकाे एकअर्काकाे आराेप


0
Shares

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी अधिवेशनका लागि हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा खटिएका मतदान अधिकृतलाई गालि गलौज सहित ज्यान मार्ने धम्कि आएको छ ।

गत ५ गते विवाद भएपछि स्थगित भएको अधिवेशन वडा अध्यक्ष सहित केहि ब्यक्तिले आफु अनुकुल कागजपत्र बनाई अपहरण गरेर जबरजस्ति कागजपत्रमा अधिकृतको साइन गर्न लगाइएको वडा मतदान अधिकृत रामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खेतनाथ घिमिरे,निल बहादुर खड्का र गोविन्द पण्डितको समूहले आफुलाई अपहरण गरि कागजपत्रमा साइन नगरे ज्यान मार्ने धम्कि दिएको सापकोटाको भनाइ छ ।

सापकोटाले आफ्नो ज्यान जोखिममा रहेको र जुनसुकै बेला जेपनि हुन सक्ने भन्दै सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय मेलम्चीमा निवेदन दिनुभएको छ । अधिवेशन गर्न नसकिएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराइएको सो निवेदनमा उल्लेख गरिएको छ ।

हेलम्बु गाउँपालिकाको अन्य वडामा अधिवेशन सम्पन्न भएपनि ७ मा भने यो घटनाले विवाद झनै उत्कर्षमा पुगेको छ । उता, इकाइ सभापति समेत रहनु भएका घिमिरेले आफुले अपहरण नगरेको बताउनु भएको छ । उहाँले ६ गते निर्वाचन अधिकृत आउनुहुन्छ भनेर सबै तयारी गरेपनि निर्वाचन अधिकृत ७ गतेसम्म सम्पर्कमा नआएको बताउनुभयो ।

७ गते पनि अधिकृत नआएपछि एक सय ४९ जना क्रियाशिल सदस्यमध्ये ९० जनाको हस्ताक्षर गराएर सर्वसम्मत रुपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरेको तर निर्वाचन अधिकृतले हस्ताक्षर गर्न बाँकी राखेका थियौं, घिमिरेले भन्नुभयो । ३ दिनसम्म सम्पर्कविहिन अधिकृतले ७ गते साँझ फाेन गरेर आफूलाई आठजनाले अपहरण गरेर राखेकाे र भागेर फाेन गरेकाे बताएको घिमिरेले जानकारी दिनुभयाे।

फाेनमा अधिवेशनबारे छलफल भएको र हस्ताक्षर गर्न बाँकी रहेकाे छ भनेर भनेपछि मेलम्चीमा भेटेर हस्ताक्षर गर्ने सहमति भएको र साेही अनुसार गरेको घिमिरेकाे भनाइ छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले अधिकृत अपहरण गरेकाे आराेप घिमिरेले लगाउनुभयाे। अध्यक्ष र मेराे व्यक्तिगत टसल थियाे यतिसम्म गर्नुहाेला साेचेकाे थिएन घिमिरेले भन्नुभयाे ।

त्यस्तै, निमाले भने आफुसँग सम्बन्धित नरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘यस विषयमा मेरो कुनै हात छैन र म सँग सम्बन्धित छैन ।’