७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देउवाद्वारा कांग्रेसको नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई शुभकामना


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागीलाई शुभकामना दिनुभएको छ ।

वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट कांग्रेसले पालिकामा सुरु गरेको छ । प्रधानमन्त्री समेत रहनुभएका देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो ।

जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सफल हुनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।