६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘कोरोनाको जोखिम कायमै, भीडभाड नगराैं’


0
Shares

काठमाडौं । चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या अहिले पनि ५ सय भन्दा माथि रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्ण रूपमा खुलेका छन् ।

चाडपर्व नजिकिदै जाँदा भीडभाड बढ्ने हुनाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो समय चितवनमा पीसीआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबावु तिवारीले बताउनुभयो ।

चितवनमा कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणका काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छन् । चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको छन् भने एक लाख ५० हजारले पूर्ण खोप लगाएका छन् ।