१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ सय ५३ कोभिड संक्रमित थपिए, १३ सय ७१ जना निको


0
Shares

काठमाडौं । नेपालमा कोभिड–१९का ९ सय ५३ संक्रमित थपिएका छन् ।

१० हजार ५ सय ७९ जनाको परीक्षणमा ९ सय ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । ७ हजार ५० पीसीआर परीक्षणबाट ११ दशमलव २१ प्रतिशत संक्रमित देखिएका हुन् ।

थपिएकामा काठमाडौंका १ सय ९८, ललितपुरका ७३, कास्कीका ७०, सुनसरीका ५५, मोरङ्गका ५४, भक्तपुरका ४० तथा रुपन्देहीका ३५ जना हुन् ।

शनिबार १३ सय ७१ संक्रमितलाई निको भएको छ । ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।

२ लाख १६ हजार ७ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६० लाख १४ हजार ९ सय ४१ जनाले पूर्ण खोप तथा ६५ लाख २८ हजार ३ सय ९२ जनाले पहिलो डोज लगाएका छन् ।