१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगालको खाडीमा चक्रवतीय तुफान आउनसक्ने चेतावनी


0
Shares

एजेन्सी । बंगालको खाडीमा चक्रवतीय तुफान आउनसक्ने भन्दै भारतको तटीय राज्य ओडिशाको सात जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारतीय मौसम विभागका अनुसार यो चक्रवात ओडिशा राज्यको दक्षिणी इलाका हुँदै छिमेकी राज्य आन्ध्र प्रदेशतर्फ अघि बढ्न सक्नेछ । चक्रवातबाट हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथै तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजानका लागि प्रशासनलाई निर्देशन दिएको छ । ओडिशाको सात जिल्ला गजपति, गंजम, रायगढ, कोरापुट, मलकानगरि, नबरंगपुर र कंधमालमा ओडिशा डिजास्टर र्‍यापीड एक्शन फोर्सका ४२ टोली, नेश्नल डिजास्टर रेस्पोन्स फोर्सका २४ स्क्वाड्सका लगायतका टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी दक्षिणी ओडिशा र उत्तरी आँध्र प्रदेशमा पनि उद्दार टोलीलाई तयारी अवस्थामा रहन भनिएको छ ।