१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध


0
Shares

deuba urge release to sukky

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ ।

संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

विश्वको औसत तापक्रम वृद्धिदर १ दशमल ५ डिग्री सेल्सियस सीमित राख्न त्यही रुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने अपेक्षा देउवाको छ ।

प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने पनि बताउनुभयो ।