
काठमाडौं । चिनियाँ पक्षले तातोपानी नाका नखोल्दा चाडवाडलाई लक्षित गरी ल्याइएको सामान नाकामै अलपत्र परेको छ ।
चिनियाँ अधिकारीहरुले ज्यादै न्युन संख्यामा कन्टेनर छाड्ने गर्दा दशैंका लागि ल्याइएका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री चाडवाड सकिंदा पनि नेपाल भित्रिने अवस्था नदेखिएको ब्यापारीहरुले बताएका छन् ।
लामो समय कन्टेनर रोकीँदा फलफूल कुहीन थालेको पनि उनीहरुले गुनासो गरेका छन् । सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने व्यापारीले बताएका छन् ।
हाल नाकाबाट दैनीक बढीमा पाँच वटा कन्टेनर मात्र भित्रदै आएका छन् । यस अघि करिव २० वटा कन्टेनर भित्रिदै आएका थिए । कोरोना संक्रमण देखिएपछि चिनियाँ तातोपानी नाकाबाट सामान ल्याउन असहज हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्