
प्रकाश मैनाली
सर्लाही । सर्लाहीमा कांग्रेसको गढ मानिने क्षेत्र नम्बर ४ मा क्रियाशील विवाद हुँदा गढ मानिएको क्षेत्र नै कतै गुम्ने त हैन भन्ने चिन्ता कांग्रेसजनमा देखिएको छ ।
सर्लाहीमा ४ निर्वाचन क्षेत्र मध्य यो क्षेत्रमा मात्रै कांग्रेसले बिजय हाँसिल गर्दै आएको छ । महन्त ठाकुर कांग्रेसमा हुँदा ठाकुरले बाजी मार्दै आएको यो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा मधेसकेन्द्रित दलले जित्दै आएपनि तयसपछिका निर्वाचनमा अमरेश सिंहले जित्दै आउनुभएके छ ।
अहिले पनि पनि दुवै प्रदेश तथा प्रतिनिधिसभामा कांग्रेसले आफनो झन्डा फहराउन सफल भएको क्षेत्रमै क्रिीयाशील विवाद उत्कर्षमा पुग्दा कांग्रेसीहरु चिन्तित छन् ।
यस क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह र प्रदेश सभा सदस्य तथा प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहबीच क्रियाशील सदस्यताका विषयमा विवाद भएको हो ।
वीरेन्द्रले पार्टीको वडा सभापतिलाई थाहै नदिई क्षेत्रभर थपेको करिब ६ सय सदस्य खारेज हुनुपर्ने अमरेशको माग छ । वीरेन्द्रले भने सबै सदस्यता हुबहु कायम हुनुपर्ने माग राखेका छन् ।
आफ्ना माग पुरा गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा दुबै पक्षले शक्ति प्रदर्शन थालेका छन् । आ–आफ्नो पक्षमा प्रदर्शन गर्न अहिले जिल्लाबाट व्यापक कार्यकर्ता झिकाउने क्रम जारी छ ।
वीरेन्द्र सिंहले दुई दर्जनभन्दा बढी बस र जिपमा क्षेत्रबाट कार्यकर्ता झिकाउनुभएको छ । अमरेशले पनि आफ्नो पक्षका कार्यकर्तालाई काठमाडौं झिकाउनुभएको छ । दुबै पक्ष अहिले पार्टी कार्यालयमा शक्ति प्रदर्शन गरेर आफ्नो माग पुरा गराउने अभियानमा जुटेका छन् ।
वीरेन्द्र राजनीतिमा नयाँ हुनुहुन्छ भने अमरेश पुराना हुनुहुन्छ । यसअघि अमरेशलाई जिताउन सघाएका वीरेन्द्र यो पटक भने अमरेशको विरुद्ध लाग्नुभएको हो । अमरेश आसन्न १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा जिताउनु पर्ने भन्दै खुल्नुभएको छ, भने वीरेन्द्रले प्रदेश २ मा मन्त्री बनाएको गुन तिर्न बिमलेन्द्र निधिलाई सहयोग गर्दै हुनुहुन्छ । दुबैबीच विवादको सुरुवात यहीँबाट भएको हो ।
निधिलाई असहयोग गर्ने देखिएपछि अमरेशलाई क्षेत्रमै रोक्ने चलखेलअन्तर्गत अहिले वीरेन्द्र पक्ष पार्टी कब्जा गर्ने रणनीतिमा लागेको हो । अमरेश पक्षको मागको समर्थनमा डा.शेखर कोइराला, नेता प्रकाशमान सिंहहरु देखिएका छन् भने वीरेन्द्रको पक्षमा निधि छन् ।
डा.कोइरालाले बिहीबार अमरेश पक्षको प्रदर्शनमा एक्यबद्धता जनाउँदै पार्टी कब्जा गर्ने संस्थापनको रणनीतिको खुलेर आलोचना गर्नुभयो । ‘अहिले दुई सिंहबीच भइरहेको विवाद पार्टी हितका लागि नभइ व्यक्तिगत हितका लागि हो,’ सोही क्षेत्रका एक क्रियाशील सदस्यले भने ।
प्रतिक्रिया दिनुहोस्