
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने बैठकमा हिजो समूहगत छलफलका क्रममा उठेका जिज्ञासाहरुको जवाफ नेताहरुले दिने कार्यक्रम रहेको छ ।
हिजो समूहगत छलफलपछि धारणा राख्ने क्रममा अधिकांश नेताहरुले पार्टीका कार्यकारी पदमा दुई कार्यकाल कायम गर्नुपर्न, सत्तरी वर्षे उमेर हद लागू हुनुपर्ने, सात जना उपाध्यक्ष राख्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
आज बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बुझिएको छ ।
नेताहरूको जवाफपछि बैठकले प्रतिवेदन पारित गर्ने छ । गत शुक्रबारदेखि सुरु बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेस हुने छन् ।
प्रतिक्रिया दिनुहोस्