
सागर न्यौपाने
स्याङ्जा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका ९ पालिकामा अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा आज निर्वाचन हुँदैछ।
जिल्लाका ११ वटै पालिकामा अधिवेशनको औपचारिक शुभारम्भ शनिबार नै भएको स्याङ्जाका जिल्ला निर्वाचन अधिकृत आरसी गौतमले बताउनुभयो ।
गल्याङ नगरपालिकामा १८२ मत ल्याएर श्याम बस्याल निर्वाचित हुनु भएको छ । भीरकोट नगरपालिकामा एक मतान्तरले याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित हुनु भएको छ । यसैगरी पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २३२ मत ल्याएर बिजयी हुनु भएको छ।
यस्तै अर्जुनचौपारी गाँउपालिकामा बिष्णु काफ्ले ५८ मत निर्वाचित हुन भएको छ । हरिनासमा टोप बहादुर भुजेल टोपा ६१ मत ल्याई सभापतिमा निर्वाचित हुनु भएको छ ।यसैगरी आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल ६१ मत ल्याइ निर्वाचित हुनु भएको छ ।
फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा ५२ मत ल्याई निर्वाचित हुनु भएको छ । यसैगरी बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल ७० मत ल्याई निर्वाचित हुनु भएको छ ।
चापाकोट नगरपालिकामा सहमतिका आधारमा बिक्रम बहादुर सारु सभापतिमा चयन हुनु भएको छ । जिल्लामा पार्टी भित्र पौडेल गुट र देउवा गुट स्पष्ट देखिएको कारण जिल्लाको अधिकाशं पालिकामा निर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्