
काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दशै तिहार उपहार योजना ल्याएको छ । एलजीले दशै तिहारलाई लक्षित गर्दै हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई जारी गर्दै एलजीका कुनै सामान खरिदमा पाँच करोड भन्दा बढी उपहार योजना ल्याएको हो ।
नर्मल स्मार्टएलइडी टिभि, साउण्ड बार खरिदमा ग्राहकले जेन्युएन एट्रयाक्टिभ क्यास ब्याक पाउन सक्नेछन् । क्यास्टर र स्पलिट एसी र फ्लोर स्ट्यान्डिङ एसीको खरिदमा ४ हजार निशुल्क स्थापना सेवा पाउनेछन् ।
त्यस्तै एयर प्युरिफायरको खरिदमा २९ सय ६० को केन्ट ह्यान्ड ब्लेन्डर प्राप्त गर्नेछन् । यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२,०९० को सीजी ओइल फिल्ड हिटर , डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६० मूल्यको केन्ट ह्यान्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
एलजीको यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्