
सर्लाही । सरकारले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेपनि सर्लाहीका नाकाहरु पूर्णरुपमा सञ्चालनमा आएका छैनन् ।
गत मंगलबार बसेको मन्त्रिपरिषदद्को बैठकले सबै नाका खुलाउने निर्णय गरेपनि भारतले आफ्नो तर्फको नाका नखुलाउँदा समस्या भएको हो ।
भारतले मुख्य सडकमै बार लगाएको छ । चाडबाड नजिकिँदै जाँदा नेपाल प्रवेश गर्नका लागि यात्रुहरुलाई समस्या भएको छ ।
मुख्य नाकाबाट आउन अफ्ठ्यारो भएपछि यात्रुहरु खेतबारीबाट नेपाल प्रवेश गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्