एजेन्सी । अफगानस्तिानका पूर्व राष्ट्रपति अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक भएको छ ।
घानीको आधिकारिक ट्वीटर ह्याण्डलबाट जारी गरिएको एक सूचनामा उहाँको फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ । अफगानिस्तानमा तालिबान कब्जा गरेको बेलामा घानीको फेसबुक ह्याक हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
फेसबुकमा पेजमा आइतबार साँझदेखि गरिएका पोस्टहरूको जिम्मेवारी आफूले नलिने र आफूहरू फेसबुकलाई ह्याकरबाट आफ्नो पक्षमा ल्याउन लागिपरेको ट्वीटमार्फत जानकारी गराइएको छ ।
१५ अगस्ट २०२१ मा तालिबानले राजधानी काबुल कब्जा गरेपछि घानी देश छोडेर युएई गएका छन् । अहिले पनि उनी युएईमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अफगानिस्तानमा अहिले तालिबानले सरकार सञ्चालन गरिरहेको छ । उनीहरूले महिलाको हक र अधिकार कुण्ठित गर्ने कानुनसमेत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्