१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालसँग सहकार्य गर्दै अघि बढ्न चाहेको विदेशमन्त्री वाङ यीको सन्देश


0
Shares

काठमाडौं । चीनले नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै मार्गमा अघि बढाउन चाहेको जनाएको छ ।

राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढंगले प्रवद्र्धन गर्न चाहेको बताउनुभएको हो ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्ना समकक्षीसँग विदेशमन्त्री वाङ यील सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको राजदूत यान्छीले उल्लेख गर्नुभएको छ ।