
काठमाडौं । दोलखा कांग्रेसले जिल्ला सभापतिमा उम्मेदवारको मनोनयनका लागि ६० हजार शुल्क तोकेको छ । दोलखा कांग्रेसले केन्द्रको निर्णय लत्याउँदै मनोमानी ढंगले उम्मेदवारको मनोनयन दर्ताको शुल्क ६० हजार तोकेको हो । तर, विधानत केन्द्रीय सभापति लड्न जम्मा ३० हजार तोकिएको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि ५० हजार, जिल्ला कार्यसमितिको पदाधिकारीका लागि ४० हजार र कार्यसमिति सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ । त्यस्तै क्षेत्रीय सभापतिका लागि ३० हजार शुल्क तोकिएको छ ।
पार्टी केन्द्रले जिल्ला सभापतिका लागि १० हजार र महाधिवेशन प्रतिनिधिका लागि ५ हजार शुल्क तोकेको छ । यसैगरी, क्षेत्रीय सभापतिका लागि ७ हजार मनोनयन शुल्क तोकेको छ ।
केन्द्रीय पार्टीको निर्वाचन निर्देशिका लत्याएर मनोमानी ढंगले मनोनयन शुल्क तोकिएको प्रति दोलखाका कांग्रेसीजन रुष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्