१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिदिममा तीन वर्ष अघि निर्माण गरिएको बसपार्क संचालनमा आएन


0
Shares

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा तीन वर्ष अघि निर्माण गरिएको बसपार्क संचालन नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

करौडौँको लगानीमा बसपार्क निर्माण गरिए पनि सञ्चालनमा नआएको भन्दै उनिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। बसपार्क खाली रहेको र जथावाभी पार्कीङले बजार नै अस्तव्यस्त बनेकाले बसपार्क तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग छ ।

उता, बसपार्क सञ्चालनका लागि यातायात व्यावसायी र फिदिम बजारका व्यापारीहरूले नगरपालिकालाई साथ नदिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले बताउनु भएको छ ।

बसपार्क बजारबाट डेढ किलोमिटर टाढा रहेकोले पार्किङमा जान समस्या भएको व्यावसायिहरुको भनाइ छ । २०५१ सालबाट फिदिम–२, पल्लोटारमा स्थायी बसपार्क निर्माण थालिएको थियो । दश जना स्थानीयवाले निःशुल्क प्रदान गरेको नौ रोपनी जग्गामा तीन करोड लगानीमा सुविधायुक्त बसपार्क निर्माण गरिएको छ ।