
बागलुङ । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याउने बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले बुधबार पोखरामा गरेको कार्यक्रममा मन्त्री थापाले प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको आमसञ्चार विधेयकलाई देशकै उत्कृष्ट बनाएर ल्याउने तयारी भएको बताउनुभयो ।
विधेयकलाई सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ र मानव अधिकारकर्मीसँग छलफल गरेर मात्रै पास गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्