१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चरित्र हत्या गर्ने भिडियो र अन्तर्वार्ता प्रसारण गर्ने चार युट्युबर पक्राउ


0
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्युबरलाई पक्राउ गरेको छ ।

यूट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङकी पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखाका २४ वर्षीय रोधन तामाङ रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।