२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधिसभा बैठक बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पु¥याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

संसदमा भएको अवरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

यसअघि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलई उहाँकै निवास बालकोटमा भेटेर संसद अवरोध हटाउन आग्रह गर्नुभएको थियो ।

संसद्को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाउनुभएको थियो ।