६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महाधिवेशन लक्षित गर्दै बानियाँलाई मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. शेखर


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बाग्मती प्रदेशमा अढाई महिना मुख्यमन्त्री मागेको भन्दै आपत्ति जनाउनुभएको छ ।

कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताउनुभएको हाे ।

महाधिवेशनलाई लक्षित गरी वाग्मतीमा अढाइ महिना मुख्यमन्त्री इन्द्र बानियाँलाई बनाउनुपर्यो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको सार्वजनिक भएको थियो ।

दाहालले अढाइ महिना मुख्यमन्त्री बनाउन सहमति जनाए पनि नेपालले भने पार्टीभित्र छलफल नगरी केही बताउन नसकिने बताउनुभएको बताइएको छ । वाग्मती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुहुन्छ । उहाँले दशैअघि विश्वासको मत लिने तयारी गर्दागर्दै यस्तो कुरा बाहिरिएको हो ।

यस्ता क्रियाकलापले पार्टी कमजोर हुने भन्दै सामाजिक सञ्जालमा कोइरालाले लेख्नुभएको छ, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।’