
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने कार्यक्रम छ ।
अखिल क्रान्तिकारीको यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी देखिएका छन् ।
अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन आकांक्षी देखिएका हुन् ।
२१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् तामाङ अध्यक्ष चुनिएका थिए । अहिले नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।
७ जना आकांक्षीमध्ये सुरेन्द्र बस्नेत र पञ्चा सिंहमध्य एक जनाले नेतृत्व पाउने संभावना प्रबल छ । हालका वरिष्ठ उपाध्यक्ष बस्नेत प्रचण्डका निकट मानिन्छन् भने उपाध्यक्ष सिंहलाई अर्थमन्त्री जनार्दन शर्माको उम्मेदवारको रुपमा हेरिएको छ ।
नेतृत्वका आकांक्षीहरुसँग माओवादी अध्यक्ष प्रचण्डले हिजो झण्डै तीन घण्टा छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्